पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन
२०७९ असार ४ गते

फाइल
काठमाडौँ । पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामा-४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्ध बनेको थियो ।
पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुईतर्फी रूपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
२०७९ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








