एसपीपीबाट अलग हुनुपर्दा प्रधानमन्त्री ‘चिन्ता’मा देखिनुहुन्छ : वामदेव

काठमाडाैँ । राष्ट्रिय सभा सदस्य वामदेव गाैतमले एसपीपीबाट अगल हुनुपर्ने विचार व्यक्त गरेका छन् । शुक्रबार बसेकाे राष्ट्रिय सभाकाे बैठकमा भाग लिँदै गाैतमले यस्ताे बताएका हुन् । ‘अहिले एसपीपीकाे विषय उठिरहेकाे छ । यसबाट अलग हुनुपर्छ भनेर म पनि भन्छु,’ उनले भनेका छन्, ‘हाम्राे प्रधानमन्त्रीजी दुखी देखिनुहुन्छ । यसबाट अलगिनुपर्छ भनेर काे कि के हाे कुन्नि । उहाँ चिन्तामा देखिनुहुन्छ ।’

प्रधानमन्त्री देउवामा अनुदान, सहयाेग आए लिइहाल्नुपर्छ भन्ने धारणा रहेकाे उल्लेख गरेकाे भन्दै उनले भनेका छन्, ‘उहाँले त्यसै पाइयाे भने लिइहाल्नुपर्छ भन्नुहुन्छ । कहिलेकाहीँ यसमा पनि ध्यान दिनुपर्ने हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =