नेपालको हित विपरीत हुने कुनै कदम कांग्रेसको परराष्ट्र नीतिले समेत स्वीकार्दैनः प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एसपीपी सहमतिबारे भइरहेका चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।

नेता सिंहले परराष्ट्र नीतिमा उल्लेख गरेको प्रतिबद्धताबाट नेपाली कांग्रेस दायाँबायाँ नभएको भन्दै कांग्रेसले नेपालको हित विपरीत हुने कुनै पनि काम गर्न नसक्ने दाबी गरेका छन् । उनले भने, ‘माननीय मन्त्रीज्यूको स्पष्टीकरण, गृहमन्त्रीज्यूले संसदमा राखेको कुरा र माधव नेपाल जीले समेत गठबन्धनले नेपालको हित विपरीत हुने कुनै सहमति सरकारले गर्दैन भनेर स्पष्ट पारिसकेपछि यसमा शंका गरिरहनुपर्ने आवश्यकता नै छैन ।’

उनले अगाडि भने, ‘नेपाली कांग्रेसको परराष्ट्र नीति नै त्यस्तो छैन । नेपालको हित विपरीत हुने कुनै कदम कांग्रेसको परराष्ट्र नीतिले समेत स्वीकार्दैन ।’

नेता सिंहले पनि भूकम्पका समयमा सबैसँग सहयोग मागिएजस्तै अमेरिकासँग पनि स्वभाविक रूपमा पारदर्शी ढंगले सहयोग मागिएको बताउँदै एसपीपी सहमतिका लागि पत्रमा कुनै कुरा उल्लेख नभएको बताएका छन् । उनले भने, ‘भूकम्पका समयमा नेपालको क्षमतालाई बल पुर्याउन स्वभाविक रूपमा सहयोग मागिएको कुरा साँचो हो । तर। एसपीपीको कुरा जुन छ त्यसमा शंका गर्ने ठाउँ त सबैलाई छ, तर त्यसमा कुनै सत्यता भने छैन ।’

आधिकारिक रूपमा संसदमा स्पष्टीकरण दिइसकेपछि त्यो आधिकारिकतामाथि प्रश्न उठाउन जरुरी नभएको नेता सिंहको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *