संसदीय समितिले एसपीपीबारे छलफल गर्न प्रधानसेनापतिलाई बोलायो

काठमाडाैँ । संघीय संसद् प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी सैन्य रणनीतिअन्तर्गत रहेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ । एसपीपीका लागि प्रधानसेनापतिले नै पत्र पठाएको सार्वजनिक भएपछि बोलाएर छलफल गर्न लागिएको समिति सचिवालयले जनाएको छ ।

यसअघि समितिले एसपीपीमा हस्ताक्षर हुन लागेको भनी चर्चा भएपछि परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई असार ३ गते र बसार ५ गते प्रधानमत्री शेरबहादुर देउवालाई बोलाएर छलफल गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्रबारका लागि तय भएको परराष्ट्रमन्त्रीसँग छलफल गर्ने कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति शर्मालाई पनि बोलाएको हो । शुक्रबारको कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई पनि बोलाइएको छ ।

छलफलको विषय नेपालको परराष्ट्र नीति कार्यान्वयनका र प्रधानमन्त्रीको निकट भविष्यमा हुने भनिएको अमेरिकाको भ्रमणसम्बन्धी छ । परराष्ट्रमन्त्री, प्रधानसेनापतिसँग छलफल गरेपछि असार ५ गते प्रधानमन्त्रीसँग छलफल गर्ने समितिको निर्णय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *