सेनाकाे पत्रबारे एमालेले भन्याे- ‘पत्र हाम्राे लागि बिलकुलै नयाँ हाे, सत्यतथ्य खाेज्दैछाैँ’

काठमाडाैँ । बिहीबार [आज] अपराह्न नेपाली सेनाले स्टेट पार्टनरसीप प्राेग्राम [एसपीपी] मा सहभागी हुनका अमेरिकालाई पठाएकाे पत्र सार्वजनिक भयाे । यसपछि एसपीपीबारेकाे चर्चा झनै चुलिएकाे छ । संसद्‌सम्म यसैबारेकाे छलफल तथा बहस भइरहेकाे बेलामा सार्वजनिक भएकाे पत्रबारे चर्चा हुनु स्वाभाविक हाे । तर, यसलाई कतिपयले नक्कली पत्र भनेका छन् भने कतिपयले सक्कली नै भनेका छन् । जे हाेस्, विषय पत्रकै छ । उसाे त पत्रमा शङ्का गर्ने ठाउँ भने छ । पत्रमा हस्ताक्षर र मिति फरक मसीकाे कलमले गरिएकाे/लेखिएकाे छ । तर, त्यसकाे अधिकार नेपाली सेनासँग प्रत्याभूत रहेकाे सेना स्राेतले मकालुखबरसँग बतायाे ।

पत्र २७ अक्टाेबर २०५ अर्थात् १० कात्तिक २०७२ मा पठाइएकाे देखिन्छ । त्याे समय एमालेकै नेतृत्वमा सरकार थियाे । प्रधानमन्त्री केपी शर्मा ओली नै थिए । तर, एमाले नेताहरूले भने याे पत्र आफूहरूका लागि बिलकुलै नयाँ भएकाे बताएका छन् । आजकै संसद्‌ बैठकमा वर्तमान सरकारलाई एसपीपी एमालेकै सरकारकाे पालाेमा भएकाे भनी प्रमाणित गर्न चुनाैती दिएर निस्किएका नेताहरूले याे पत्रबारे आफूलाई केही थाहा बताएका छन् । यद्यपि आफूहरूले यसबारे थप जान्ने काेसिस गरिरहेकाे एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए । ‘याे पत्र सार्वजनिक भयाे, याे पत्र हाम्राे लागि पनि एकदमै नयाँ हाे । कहाँबाट आयाे, कसरी आयाे हामीले पनि बुझ्दैछाैँ । हामी खाेज्दैछाैँ । पत्र हाम्राे लागि पनि बिलकुलै नयाँ हाे ।’

पत्रलाई तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रमाणित गरेका छन् । याे पत्रबारे जङ्गी अड्डामा आकस्मिक छलफल भइरहेकाे स्राेतले बतायाे । यसअघि बुधबार मात्रै एसपीपी सम्झौताबारे प्रक्रिया शुरू नगरेको र नेपालको असंलग्न परराष्ट्र नीतिप्रतिकूल असर पर्नेगरी भविष्यमा पनि कसैसँग साझेदारी नगर्ने प्रतिबद्धता जनाएकाे थियाे ।

♦ याे पनि:
   एसपीपीमा सहभागी हुन ओली सरकारकै पालामा सेनाले पठाएको थियो पत्र
   एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्रमा के छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *