एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्रमा के छ ?

काठमाडाैँ । अमेरिकाकाे स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुन नेपाली सेनाले अमेरिकी दूतावासलाई पत्र लेखेकाे खुलेकाे छ ।

सन् २०१५ मा लेखिएकाे उक्त पत्रमा सेनाले एसपीपीमा सहभागिताका लागि अनुराेध गर्न पाउनु नेपालका लागि गाैरवकाे कुरा भएकाे उल्लेख गरेकाे छ ।

नेपाली सेनाका तात्कालीन सेनापति राजेन्द्र क्षेत्रीले तत्कालीन अमेरिकी राजदूत अलाइला बी तेप्लिजलाई लेखेकाे उक्त पत्रमा एसपीपीमा नेपालकाे सहभागिता पछि सैन्य काैशल र अनुभवकाे आदानप्रदान हुने, विपद् पूर्व तयारी, पूर्वाधार निर्माण र प्राकृतिक स्राेतसाधन र विकासका क्षेत्रमा साझेदारी बढ्ने उल्लेख छ ।

‘यो कार्यक्रमले हाम्रो लामो समयदेखिको सम्बन्धलाई मजबुत पार्नेछ साथै द्विपक्षीय सुरक्षा सम्बन्ध मजबुत बनाउनेछ त्यस्तै सैन्य क्षमता, अनुभव तथा सुरक्षा सम्बन्धी ज्ञान वृद्धि गर्छ’, पत्रमा भनिएको छ, दुई पक्षबीच साझेदारी वृद्धि हुनुका साथै आगामी दिनमा दुई पक्षको सुरक्षा दुई सहकार्य बढ्नेछ।’

पत्रः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *