एएफसी एसियन कप खेलेर स्वदेश फर्कियो नेपाली टोली

काठमाडाैँ । एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएका छन् ।

नेपाली टोली बिहीबार नेपाल आइपुगेकाे हाे । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले स्वागत गरे । ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्केपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी कुवेतमै बसेका छन् ।

एन्फासँग बिदा लिएर अलमुताईरी भने घर कुवेतमै बसेका हुन् । नेपाल फर्किएपछि कप्तान पूजन उपरकोटीले नयाँ खेलाडीहरूले सन्तोषजनक प्रदर्शन गरेको बताए । उनले यसअघि टिममा रहेका खेलाडी टिममा नपर्दा नतिजा सोचेजस्तो नआएको बताए ।

कुवेतमा भएको छनोटमा नेपाल अंक विहीन बनेको थियो । समूह ए मा रहेको नेपाल समूहको पुछारमा रह्यो । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग  ४–१ गोल अन्तरले पराजित भएको थियो । अन्तिम खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *