घनश्यामकाे दाबी- ‘युवाहरू जागे वामपन्थी नेताहरूलाई एक महिनाभित्र जुटाउन सकिन्छ’

काठमाडाैँ । नेकपा [एमाले] का स्याथी समिति सदस्य घनश्याम भुसालले वामएकताकाे सम्भावना टरिनसकेकाे बताएका छन् । बुधबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै यस्ताे बताएका हुन् । ‘हिजाे हामीले छँदाखाँदाकाे एकता फुटायाैँ । के कारणले भन्दाखेरी उसलाई ऊदेखि रिस उठ्याे; यत्ति त हाे नि कारण,’ उनले भनेका छन्, ‘वाम एकता पुन: गराैँ न केही बिग्रेकाे छैन । केही बितेकाे छैन अहिले । केही बितेकाे छैन ।’
उनले नेकपालाई जाेड्नका लागि युवाहरू जाग्नुपर्ने बताए । ‘युवाहरू जागेकाे खण्डमा नेकपा अझै बन्नसक्छ,’ उनले भनेका छन्, ‘हामीले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका मुख्य नेतृत्वलाई समातेर साेधाैँ के कारणले फुट्याै भनेर । यत्ति मात्रै गर्ने हाे भने १ महिनाभित्र यिनीहरूलाई जुटाउन सकिन्छ लाग्छ है मलाईचाहिँ ।’
‘कम्युनिष्ट पार्टीहरू एकठाँउमा भए ५७५ सिट जित्थ्याैँ’
यस्तै उनले नेकपा नफुटेकाे भए र कम्युनिष्ट नेताहरू एकठाउँमै रहेकाे भए गत स्थानीय निर्वाचनमा ५७५ सिट जित्ने दाबीसमेत गरे । उनले थपे, ‘याे भनेकाे आजकाे कांग्रेसभन्दा ठूलाे पार्टी हाे । त्याे हुन्थ्याे तर उसँग ऊ रिसाएपछि पार्टी फुट्याे,’ उनले भने, ‘यसपछि हामी यसाे भयाैँ ।’
♦ याे पनि:
माधवकाे नाम लिएर ओलीले मुख कुल्ला गर्दा कार्यकर्ताले बान्ता गर्नैपर्छ, नगरे याेग्यता पुग्दैन : भुसाल








