माधवकाे नाम लिएर ओलीले मुख कुल्ला गर्दा कार्यकर्ताले बान्ता गर्नैपर्छ, नगरे याेग्यता पुग्दैन : भुसाल

काठमाडाैँ । नेकपा [एमाले] का स्थायी समिति सदस्य घनश्याम भुसालले नेपाली राजनीतिक संस्कृति साह्रै बिग्रेकाे बताएका छन् । बुधबार काठमाडाैँमा आयाेजित एक राजनीतिक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । शुरूमा कार्यकर्ताहरूलाई नेताहरूले नै राम्राे स्कूलीङ्ग नदिएकाे भुसालकाे भनाइ छ । ‘कार्यकर्ताहरूका क्षमता नै गलत तरिकाले नापिन्छ,’ उनले भने, ‘राजनीतिक दलका नेताहरूले बाेलेकाे कुरामाथि सबैभन्दा बढी कसले दृढरूपमा स्वीकार्छ । उहीचाहिँ राम्राे कार्यकर्ता हाे भन्याैँ हामीले ।’

केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतका नेताहरूकाे उदाहरण दिँदै उनले भनेका छन्, ‘प्रचण्ड कमरेडले एमालेकाे पत्तासाफ गरिन्छ भनेपछि कार्यकर्ताहरू अघि लाठी लिएर आइपुग्छन् । ओलीले माधवकाे नाम लिएर मुख कुल्ला गर्छु भनेपछि त्यहाँ कार्यकर्ताले बान्ता नै गर्नुपर्छ । त्यहाँ नेतालाई जित्नुपर्छ । यसाे भयाे भनेमात्रै त्यहाँ क्षमता देखिन्छ । हाम्राे राजनीतिक संस्कार त्यस्ताे छ ।’

भुसाललाई पार्टीले कारबाही गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =