रणबीर कपूर अभिनित ‘ब्रह्मास्त्रः शिवा’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । सहनिर्देशनबाट सिने-क्षेत्र प्रवेश गरेका भारतीय चर्चित अभिनेता रणबीर कपूर अभिनित बलिउड चलचित्र ‘ब्रह्मास्त्रः शिवा’को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेता रणबीर कपूर र अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको बहुप्रतीक्षित फिल्मको ट्रेलर आज बुधबार सार्वजनिक भएको हो। सुपरहिरो विधामा बनेको यस फिल्म साइन्स फिक्सन तथा पौराणिक कथामा आधारित छ । डिज्नी स्टुडियोजको ग्लोबल रिलिज क्यालेण्डरमा समेत समावेश भएको फिल्म ९ सेप्टेम्बरमा विश्वभर प्रदर्शनमा आउँदैछ।

‘ब्रह्मास्त्रः शिवा’ तीन भागमा प्रस्तुत हुने कथाको पहिलो भाग हो जसमा शिवाको भूमिकामा रणबीर देखिनेछन्। शिवालाई फिल्ममा एक सुपरहिरोको रूपमा देखाइएको छ । फिल्मको ट्रेलरमा ब्रह्मास्त्रलाई जल, वायु र अग्निजस्ता विभिन्न तत्वका शक्ति भरिएको अस्त्र बताइएको छ र सोही ब्रह्मास्त्रधनी देवताको बारेमा फिल्मले कथा भन्ने उल्लेख गरिएको छ । ट्रेलरमा रणबीरको शक्ति तथा फिल्मका अन्य पात्रको विशेषताका केही झलक देखाइएको छ ।

रणबीर र आलियासँगै फिल्ममा अमिताभ बच्चन, नागर्जुना, मौनी रोयलगायतका कलाकारको अभिनय पनि देख्न सकिनेछ । फक्स स्टार स्टुडियोले निर्माण गरेको फिल्मलाई आयान मुखर्जीले निर्देशन गरेका हुन् ।

ट्रेलरः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *