बर्दिया जिसस प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको प्यानल निर्विरोध

काठमाडौँ । जिल्ला समन्वय समिति बर्दियामा नेपाली कांग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको छ ।

जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सात सदस्य गरी ९ सदस्यीय पदका लागि भएको निर्वाचन प्रक्रिया अनुसारको उम्मेदवारी दर्तामा अन्य कुनै पनि दलको उम्मेदवारी दर्ता नपरेपछि नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्वाचित भएका छन् । उपप्रमुखमा अमिताकुमारी यादव निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, बिमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *