प्रधानमन्त्री देउवाको उपस्थितिमा सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा दीक्षान्त समारोह हुँदै

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुँदैछन् ।

आगामी शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका कुलपति शेरबहादुर देउवा, शिक्षामन्त्री लगायतको सहभागिता रहनेछ । समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो. एसके जोशी पनि आउने बताइएको छ ।

त्यसैगरी, सो समारोहमा ‘ग्रेस लिस्ट’मा रहेका एक हजार ५५८ विद्यार्थी दीक्षित हुनेछन् । विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले दोस्रो दीक्षान्त समारोह विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *