डिजिटल प्लेटफर्ममा ‘चिसो एष्ट्रे’ आजबाट उपलब्ध

काठमाडौँ । गत वर्षको चैत ४ गते प्रदर्शनमा आएको नेपाली चलचित्र ‘चिसो एष्ट्रे’ आजदेखि डिजिटल प्लेटफर्म उपलब्ध भएको छ ।

आज असार १ गते बुधबारबाट डिसहोमसहित नेट टीभी, मोमो एप लगायतका डिजिटल प्लेटफर्ममा सो चलचित्र प्रदर्शन हुने भएको हो । फिल्म समीक्षकबाट राम्रो प्रशंसा पाएको फिल्मको अभिनय र प्राविधिक पक्ष अब्बल रहेको बताइएको छ । भूपी शेरचनको सोही नामको कवितालाई आधार बनाई दिन्स पाल्पालीले निर्देशन गरेको यस फिल्ममा दिव्यदेव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल आदि कलाकारको अभिनय रहेको छ ।

महेशबाबु तिमल्सिनाको प्रस्तुति रहेको फिल्मलाई प्रविन स्याङबो र सुष्मिता पराजुलीले संयुक्त रूपमा निर्माण गरेका हुन् भने सुजन खतिवडा, रुपेश ढुंगाना र नविन ढुंगानाको सह–निर्माण गरेका हुन् । साथै, फिल्मको छायाँकन उज्वल बस्ताकोटीले गरेका हुन् ।

फिल्म निर्माताका अनुसार फिल्मलाई विदेशी प्लेटफर्ममा समेत बेच्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *