संसद्काे कार्यसूचीमा परेन अर्थमन्त्रीको जवाफ

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्रालयको विनियोजित बजेटको विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची आज पनि परेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मंगलबार अर्थमन्त्री शर्माले दिने जवाफमा एमालेले भाग नलिने चेतावनी दिएको थियो ।
एमालेले अर्थमन्त्रीमाथि छानबिनको माग राख्दै बैठक अवरुद्ध गरेपछि मंगलबार अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाइएको हो । आजको पनि उनले जवाफ दिने विषय कार्यसूचीमा समावेश गरिएको छैन ।
शर्माले बजेट प्रस्तुत गर्ने अघिल्लो रात अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई राजस्वको दर थपघट गरेको विषय बाहिरिएपछि एमालेले उक्त प्रकरणको विषयमा संसदीय छानबिनको माग गरेको छ । साथै उनले शर्माको राजीनामासमेत मागेको छ ।
प्रतिपक्षले बजेटमाथिको छलफल अघि बढ्न नसक्ने अडान लिएपछि मन्त्रालयको विनियोजनको जवाफ दिने तयारीमा आएका अर्थमन्त्री शर्माले ‘सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिन’ का लागि समय मागेका थिए । सञ्चारमाध्यममा आएका विषयलाई अर्थमन्त्रीले खण्डन गर्दै कानुनले दिएको जिम्मेवारीअनुसार आफू अगाडि बढेको प्रस्टीकरण रोस्ट्रमबाट सुनाए ।
तर अर्थमन्त्रीको उक्त प्रस्टीकरणप्रति एमाले सन्तुष्ट भएन । संसद् सचिवालयले आजको सम्भावित कार्यसूचीमा अन्य मन्त्रालयका मन्त्रीले जवाफ दिने विषय राखे पनि अर्थ मन्त्रालयको सभावेश गरेको छैन । यो अवस्थामा नै संसद् चल्छ कि अन्य विकल्प खोजिन्छ भन्ने यकिन छैन ।
यस्तो छ कार्यसूची :-









