बेलायतबाट शरणार्थी फर्काउने उडान रद्दः गृहमन्त्री पटेलद्वारा विचलित नहुने दाबी

काठमाडौँ । युरोपेली मानव अधिकार अदालतको हस्तक्षेपपछि बेलायतबाट शरणार्थीहरूलाई रुवान्डा पठाउन लागिएको उडान रद्द भएको छ ।

उक्त उडानमार्फत् मंगलबार सात जनालाई बेलायतबाट पूर्वी अफ्रिकी देशमा फिर्ता पठाइने अपेक्षा अन्तिम समयमा आइपुगेर असफल भएको हो । युरोपेली मानव अधिकार अदालतले शरणार्थीहरूलाई फर्काउने विषयमा हस्तक्षेप गरी उडान रद्द गर्न आदेश दिएको हो ।

ब्रिटिश समयअनुसार रातको साढे १० बजे विल्टशर सैन्य विमानस्थलबाट उडान गर्नुपर्ने थियो । तर, स्ट्रासबर्गस्थित युरोपेली मानव अधिकार अदालत र लन्डनका अन्य अदालतहरूबाट त्यससँग सम्बन्धित कतिपय निर्णयहरू आएपछि सबै विमानमा चढिसकेका यात्रुहरूलाई ओरालिएको हो ।

बेलायतकी गृहमन्त्री प्रीति पटेलले उक्त निर्णयका कारण आफू ‘निराश’ भएको तर, विचलित नहुने र उडानको अर्को तयारी थाल्ने घोषणा गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *