मनोज पाण्डेविरुद्ध १५ वर्ष कैद सजायका लागि मुद्दा दर्ता हुँदै

काठमाडौँ । यौनहिंसाको आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज बुधबार मुद्दा दर्ताको तयारी गरेको छ ।

उनको मुद्दामा प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन सकिएको उल्लेख गर्दै जिल्ला सरकारी वकिल कार्यालयले सम्भवत: आज नै जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिने बताएको छ । उनीविरुद्ध ‘मानव बेचबिखन’ प्रमुख अभियोग हुने सरकारी वकिलको कार्यालयले जनाएको छ । शरीर बन्धक बनाई नाबालिगलाई शारीरिक शोषण गरेको लगायतको अभियोगमा उनलाई १० देखि १५ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र दायर गर्ने तयारी भइरहेको कार्यालयले जानकारी दिएको हो ।

साथै, कार्यालयले यौन हिंसा र बलात्कारमा हदम्याद नभएपछि हदम्याद भएको जाहेरीलाई भने टेकेर अभियोग थप गर्ने तयारीसमेत गरिरहेको छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि छ । पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सामाजिक सञ्जाल टिकटक र इन्स्टाग्राममार्फत् सार्वजनिक  गरेकी हुन् ।

पीडितले घटना सार्वजनिक गरेपछि फरार रहेका पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *