पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट

काठमाडौँ । इन्टर कन्टिनेन्टल प्लेअफमा पेरुलाई पराजित गर्दै एसियाली मुलुक अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ ।

सोमबार राति भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । जहाँ एसियाली पावर हाउस अष्ट्रेलियाले अन्तरमहादेशिय छनोटमा पेरुलाई पराजित गरेको हो ।

पेनाल्टी समेत ४-४ को बराबरी भएपछि खेलको नतिजा सडन डेथमा भएको थियो । जहाँ अष्ट्रेलियाका भेट्रान गोलरक्षक आन्द्रे रेडमायने नायक बने । ३३ वर्षिय खेलाडीले पेरुका एलेक्स भालेराको पेनाल्टी बचाए ।

यससँगै एसियाबाट जापान, साउदी अरविया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरि ६ टिमले विश्वकपमा सहभागीता जनाउने भएका छन् । अब विश्वकपमा छनौट हुने ३२ मध्ये ३१ टिमको टुंगो लागेको छ । अब इन्टर कन्टिनेन्टल प्लेअफको एक खेल हुन बाँकी छ, जसमा कोस्टारिका र न्यूजील्याण्डले आज खेल्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *