सशस्त्र प्रहरीका ९ एसपी-एसएसपी बढुवाका लागि सिफारिस

काठमाडौँ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरीका ९ जना एसपी-एसएसपीको बढुवाका लागि सिफारिस गरेको छ ।

समितिले सशस्त्र प्रहरीको साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा ९ जनाको बढुवा सिफारिस गरेको हो । सिफारिसका लागि दीपेन्द्र शाह, सुरेश कुमार श्रेस्ठ, पुरुषोत्तम थापा, अन्जनी कुमार पोख्रेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, बिनोदराज श्रेष्ठ र प्रकाश थापाको नाम सूचीकृत गरिएको छ ।

गृह मन्त्रालयले आज सोमबार विज्ञप्ति प्रकाशित गरी सूचना जारी गरेको हो ।

विज्ञप्ति:
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *