चीनसँग सरकारको नीति ठिक भएन : प्रदीप ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चीनसँग सरकारको नीति ठिक नभएको टिप्पणी गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवालीले चीनसँग वर्तमान सरकारको नीति ठिक नभएको टिप्पणी गरेका हुन् ।

सरकारको यस्तो नीतिले हित नगर्ने उनको भनाई छ । ‘बिआरआई अनुदान पाए लिने नत्र नलिने । सित्तैमा पार अलकत्रा खाने ? चीनसँग वर्तमान सरकारको नीति ठिक भएन । ऋण लिने वा अनुदान भन्ने मेरिट बेसमा हुनुपर्छ । हामीले कुनै सहायता सित्तैमा पाइए पनि लिनु हुँदैन । तर, आवश्यकता पर्‍यो भने ऋण पनि लिने हाम्रो नीति हो,’ उनले भने, ‘तिब्बत मामिला हेर्ने अमेरिकी मन्त्रीलाई किन बोलाएको ? उहाँ अरू पनि विषय हेर्नुहुन्छ होला तर, छिमेकलाई र उसको चासोलाई बेवास्ता गरेर हामी जे गर्दै छौँ त्यसले हामीलाई अप्ठेरोमा पार्छ ।’

वर्तमान सरकारले सुरुमै विदेशीका लागि कन्फरटेबल सरकार भनेर परराष्ट्र नीतिबारे गलत अभ्यास शुरु गरेको उनको आरोप छ । ‘सीमाबारे हामीले कालापानीलाई संविधान नै समेटेर नक्सामा राखेऊ, त्यो भुभाग लिनेतिर ध्यान्न दिएनौँ । बरु समस्या नै नभएको चीनबारे सीमा मिचिएको भनी अध्ययन गर्‍यो । के आयो  रिजल्ट ?,’ उनले प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =