गायनमा फर्किइन् समीक्षा अधिकारी

काठमाडौँ । गायक टिकाराम कट्टेल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘चिना र जोखना’ सार्वजनिक भएको  छ। गीतमा दीपक शर्माको शब्द, संगीत तथा नरेन्द्र वियोगीको एरेञ्ज छ ।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ, प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाले अभिनय गरेका छन् । भिडियोमा सरोज खड्का र सोनियासिंह ठकुरीलाई पनि देख्न सकिन्छ । भिडियोको निर्देशन माधव शर्माले गरेका हुन् ।

नवराज उप्रेतीको छायांकन, टेकेन्द्र शाहको कलर र सम्पादन तथा सन्तोष राजबाहकको कोरियोग्राफी छ । भिडियो द डिभाइन म्युजिकको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो । याेसँगै गायिका समीक्षा अधिकारी करिव पाँच महिनापछि फेरि गायनमा फर्किएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *