जी–बब र उनका आमाबुबाले हाले एक अर्काविरुद्ध उजुरी

काठमाडौँ । पछिल्लो समय चर्चामा रहेका र्यापर जी–बब (सुदिप भण्डारी) र उनका आमा बुबाले एक अर्काविरुद्ध उजुरी दिएका छन् ।

जी–बब लाई बन्धक बनाएको भन्दै उनका आमाबुबाले उनले काम गर्ने कम्पनी एनटिएफ बिरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएका हुन् । एनटिएफ र्याप गायनसम्बन्धी काम गर्ने ,प्रतिस्पर्धा गराउने कम्पनी हो ।

जी–बब का अभिभावकले एएनटिएफले जी–बबलाई लागुऔषध दिएर र्याप गाउन लगाएको र हिसाबकिताब समेत नगरेको दाबी गरेका छन् । उता जी–बबले भने उनको अभिभावकलाई पैसा चाहिएर मुद्दा हालेको जिकिर गर्दै आफुलाई स्वतन्त्रता चाहिने भन्दै आफ्नै आमाबुबाविरुद्ध उजुरी दिएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै जी–बबका आमाबुबाले आफूलाई आर्थिक हिसाबकिताब र आफ्नो छोरा दुवै विषयप्रति चासो भएको बताएका थिए । यता जी–बबले भने मानहानीको मुद्दा दर्ता गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *