काठमाडाैँ महानगरकाे अधिवेशन असार ५ गते गर्ने निर्णय

काठमाडाैँ । आइतबार बसेको काठमाडाैँ महानगरपालिका कार्यपालिकाको बैठकले नगरकाे ११ औँ अधिवेशन असार ५ गते गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले असार ५ गते अधिवेशन बोलाउन गरेको प्रस्ताव कार्यपालिकाले स्थानीय सरकार सञ्चालन ऐन दफा ६५ बमोजिम स्वीकृत भएको हो ।

यस्तै बैठकले स्थानीय राजश्व परामर्श समिति गठन गर्दै सोको संयोजकमा उपमेयर सुनितालाई तोकेको छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष सुमन श्रेष्ठ सदस्य तथा महिला सदस्यमा मीना सिंह रहेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =