अमेरिकामा बन्दुक राख्न पाउने अधिकारविरुद्ध देशव्यापी प्रदर्शन, राष्ट्रपति बाइडेनले गरे समर्थन

वासिङ्टन । अमेरिकामा दिनप्रति दिन बन्दुकधारीकाे वितड्डा बढ्न थालेपछि व्यक्तिले बन्दुक राख्न पाउने कानूनी अधिकारविरुद्ध देशव्यापी प्रदर्शन शुरू भएको छ ।

पछिल्लो केही सातायता भएका अन्धाधुन्द गोली प्रहारका घटनाले कैयाैँ निर्दोषहरूकाे ज्यान गुमेपछि कडा कानूनको माग गर्दै प्रदर्शन शुरू भएकाे हाे ।

प्रदर्शनमा दसाैँ हजार मानिस सडकमा ओर्लिएका छन् । “म बन्दुक प्रहारबाट बच्न चाहन्छु” भन्ने प्लेकार्ड बोकेका प्रदर्शनकारीहरू देशैभरि सडकमा उत्रिएपछि राष्ट्रपति जो बाइडेनले पनि उनीहरूको प्रदर्शनलाई समर्थन गरेका छन् ।

राष्ट्रपति बाइडेनले व्यक्तिगत बन्दुक राख्ने अधिकार कटौती सम्बन्धि कानून संशोधनको विधेयक पास गर्न सांसदहरूलाई आह्वान समेत गरेका छन् ।

गन सेफ्टी ग्रुपको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरूले अब राजनीतिकर्मीलाई चूपचाप बस्न नदिने भन्दै बालबालिकाहरूले राजनीतिज्ञहरूलाई झम्टिने दिन नआओस् भन्ने समेत चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =