कर्णाली सरकारको आर्थिक सर्वेक्षण : प्रतिव्यक्ति आय नौ सय ६४ डलर पुग्ने अनुमान

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८र०७९ मा कर्णाली प्रदेशको प्रतिव्यक्ति आयमा वद्धि हुने अनुमान गरिएको छ । शनिबार भएको कर्णाली प्रदेश सभाको दशौं अधिवेशनको १२ औं बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विन्दामान विष्टले २०७८र०७९ मा प्रतिव्यक्ति आयमा नौ सय ६४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको बताए ।

उक्त आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मन्त्री विष्टले नेपालको प्रति व्यक्ति आय कुल राष्ट्रिय गार्हस्थ उत्पादन एक हजार तीन सय ८१ अमेरिकी डलर रहने अनुमान गर्दा कर्णाली प्रदेशको प्रतिव्यक्ति आय कुल गार्हस्थ उत्पादनको नौ सय ६४ अमेरिकी डलर रहने प्रदेश सरकारले अनुमान गरेको बताए ।

यस्तै, मामिला तथा योजना मन्त्रालयको सिमित स्रोत साधन र मजुदा जनशक्तिबाट छोटो सयमा उपलब्ध तथ्याङको अधारमा विवरण तयार भएको मन्त्री विष्टको बताए । आर्थिक वर्ष २०७८/०७९ कर्णालीको कुल राट्रिय गार्हस्थ उत्पादनको वृद्धिदर उपभोक्ताको मूल्यका आधारमा ५.८४ प्रतिशत र आर्थिक वद्धि दर ५.४९ प्रतिशत रहने अनुमान प्रदेश सरकारको छ ।

गत आर्थिक वर्षको आर्थिक वृद्धि दर ४.२५ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७८/०७९ मा कुल राष्ट्रिय गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यका आधारमा ४८ खरब ५१ अरब ६३ करोड रहने अनुमान प्रदेश सरकारले आर्थिक सर्वेक्षणमा उल्लेख गरेको छ ।

गत आर्थिक वर्षमा राष्ट्रिय गार्हस्थ उत्पादन ४२ खरब ७७ अरब ३० करोड थियो । चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धि दर ५.४७ प्रतिशत वद्धि हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यसको वृद्धि दर ४.३४ प्रतिशत रहेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७८र०७९ मा कर्णाली प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोेक्ता मूल्यका आधारमा एक खरब ९७ अरब ९९ करोड रहने अनुमान गरिएकोमा गत आर्थिक वर्षमा कुल गार्हस्त उत्पादन एक खरब ७५ अरब ५५ करोड रहेको आर्थिक सर्वेक्षण गरिएको छ ।

यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा कुल गार्हस्त उत्पादनमा कर्णाली प्रदेशको अंश ३.९४ प्रति रहेको थियो भने चालु आर्थिक वर्षमा यो अंक बढेर ४.०८ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेशको कृषि क्षेत्रको वृद्धिदर ३.२२ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ६.५० प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यो वृद्धि दर क्रमश ३.४४ प्रतिशत र ४.१६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्र्ष २०७८/०७९ मा कर्णाली प्रदेशको कुल गार्हस्त उत्पानमा कृषि उद्योग र सेवा क्षेत्रको योगदान क्रमश ३१.५ प्रतिशत, ११.१ र ५७.४ प्रतिशत रहने अनुमान प्रदेश सरकारले गरेको छ । नेपालको बहुआयामिक राष्ट्रिय गरिबि दर राष्ट्रिय औशतमा १७.४० प्रतिशत रहको छ, भने कर्णालीको बहुआयामिक गरिबी दर ३९.५ प्रतिशत छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३०.६८ प्रतिशत बजेट खर्च

यस्तै, प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को चैत मसान्तसम्मको खर्च गत वर्षको सोही अवधीको तुलनामा ३०.६८ प्रतिशत वृद्धि भई ८ अरब चार करोड ११ लाख रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्त सम्म चालु र पूँजिगत खर्च क्रमश चार अरब एक करोड पचास लाख र चार अरब दुई करोड ६१ लाख खर्च भएको मन्त्री विष्टले जानकारी दिए ।

यस्तै, आर्थिक वर्ष ०७८/०७९ मा संघीय सरकारको समानिकरण, समपुरक र विषेशगरी १४ अरब ६४ करोड १४ लाख ८३ हजार अनुदान प्राप्त भई १२ अरब ९५ करोड ७२ लाख ९० हजार खर्च भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा आन्तरिक राजश्व २३ करोड ४४ लाख ७४ हजार प्राप्त भएको थियो भने, आर्थिक वर्ष ०७७र०७८ मा ६३ करोड ९४ लाख ९२ हजार प्राप्त भएको प्रदेश सरकारले जनाएको छ ।

४४ करोड ४३ लाख राजश्व संकलन

यस्तै, चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४४ करोड ४३ लाख ८२ हजार राजश्व प्रदेश सरकारले प्राप्त गरेको छ । यो तथ्याङक राजश्व लक्ष्यको ७४.१ प्रतिशत रहेको छ । २०७८ फागुन मसान्तसम्म कर्णालीमा वाणिज्य बैंकको संख्या एक सय ९७, विकास वैकको संख्या २१, वित्त कम्पनी ३ तथा लघुवित्त विकास संस्था दुई सय ३० गरी कुल चार सय ५१ बैंक र वित्तिय संस्थाका शाखा पुगेका छन् । गत आर्थिक वर्षमा यो संख्या चार सय १२ रहेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेश भर एक लाख २५ हजार एक ८७ मेक्ट्रिन धानबाली उत्पादन हुने अनुमान प्रदेश सरकारले आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको मन्त्री विष्टले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *