सर्पको नृत्यसँगै निदाउने जयपुन गाउँको कथाः ‘कथा कस्तुरी’ स्टुडियो थिएटरमा (तस्वीरहरू)

काठमाडौँ । सत्यमोहन जोशी स्टुडियो थिएटरमा नयनराज पाण्डेको उपन्यास “सर्पदंश” को नाट्य रूपान्तरण “कथा कस्तुरी” मञ्चन भइरहेको छ । हिजो आइतबार जेठ २७ गतेबाट बाट गौशालास्थित पिङ्गलास्थानमा रहेको थिएटरमा प्रदर्शन भइरहेको यो नाटक दिया मास्केले  निर्देशन गरेकी हुन् ।

तराईको एक ग्रामिण बस्ती “जयपुन” गाउँको कथा हो “कथा कस्तुरी” । खोलापारि ठूलो जङ्गलको बीचमा रहेको सानो गाउँ जयपुन, सपेराहरूको गाउँ हो । हरेक बिहान बिनको आवाजसँगै बिउँझिने जयपुन, हरेक रात साँपहरूको नृत्यसँगै निदाउँछ । जयपुन गाउँका मानिसको मुख्य पेशा सर्प नचाउनु हो । यही सपेरा जातिको कथासँग जोडिएको छ नाटक ‘कथा कस्तुरी’ ।

‘एक्टर्स फ्रम एक्टर्स स्टुडियो’ को प्रस्तुतिमा तयार पारिएको नाटक “कथा कस्तुरी” मा प्रभाव शाही ठकुरी, सन्देश बम, राजन पुरी, सन्तोषवीरसिंह बस्नेत, जीवन गौतम, प्रेमप्रकाश केसी, आयुष्मा मगर, सृष्टि भट्टराई, यज्ञ राजवर, विशाल पुलामी, शिवदास गुरुङ र विकास खड्कालगायत कलाकारहरूले अभिनय गरेका छन् । यो नाटक बुधबारबाहेक असार १९ गतेसम्म साँझ ५ बजे मञ्चन हुनेछ ।

शनिबार भने अतिरिक्त शो दिउँसो १ बजे पनि मन्चन गरिनेछ ।

तस्वीरहरूः











प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *