माओवादी अब नेपालको वामपन्थी आन्दोलनका रूपमा नरहेको शंकर पोखरेलको दाबी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका वामपन्थी दलहरूले आफ्नो शक्तिमा ठूलो क्षति बेहोरेको टिप्पणी गरेका छन् ।

आज शनिबार एमालेबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रले विगतमा हासिल गरेकोभन्दा केही सिट संख्या बढाउने बाहेक अन्य प्रगति नगरेको दाबी गरेका हुन् । उनले अघिल्लो निर्वाचनको तुलनामा माओवादी केन्द्रको जनमत घटेको समेत बताएका छन् । महासचिव पोखरेलले भने, ‘२०७४ सालको स्थानीय निर्वाचनमा उसले १७ प्रतिशतको हाराहारीमा जनमत प्राप्त गर्न सफल भएको थियो । आज त्यो जनमत घटेर १३ प्रतिशतमा पुगेको छ ।’

उनले अब नेकपा माओवादी नेपालको वामपन्थी आन्दोलनका रूपमा नरहेको दाबी पनि गरे । अलग शक्तिको रूपमा उसले स्वतन्त्र भूमिका खेल्न सक्दैन भन्ने कुरा यो स्थानीय तहको निर्वाचनले प्रमाणित गरेको छ,’ उनले भने, ‘अब उसका लागि नेपालको राजनीतिमा अस्तित्व रक्षाका लागि कुनै शक्तिसँग टाँसिनुपर्ने बाध्यता आफैले खडा गरेको छ ।’

पोखरेलले एमालेको प्रतिस्पर्धी अब माओवादी वा एकीकृत समाजवादी नभई नेपाली कांग्रेस मात्रै भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *