माइतीघरमा नेपाल गौरव यात्रा (तस्बिरहरू)

काठमाडौँ । माइतीघरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको नेपाल गौरव यात्रा निस्किएको छ । क्वयेर युवा समूहले प्रत्येक वर्ष जुन महिनाको दोस्रो शनिबार नेपाल गौरव यात्रा (र्‍याली) निकाल्ने गरेका हुन् ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायतको सवालमा उनीहरूको अधिकारको उठान गर्दै एउटा उत्सवका रूपमा २०७६ सालदेखि क्वयेर युवा समूहले नेपालमा गौरव यात्रा मनाउन थालेको क्वयेर राइट्स् कलेक्टिभका सदस्य राजीव पोखरेलले जानकारी दिए । आजको र्‍याली माइतीघरबाट नयाँ बानेश्वरसम्म पुगेको थियो ।

र्‍यालीमा करिब ३०० जनाको सहभागितामा रहेको थियो । सहभागीहरूले प्लेकार्डका साथै गालामा विभिन्न आर्ट गरी ६ रङ्गको झन्डा, ब्यानर सहित नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको हक अधिकारका निम्ति प्रदर्शन गरेका हुन् ।

२०७६ सालमा पहिलो पटक भौतिक उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको थियो । त्यसपछिका दुई वर्ष कोरोना महामारीका कारण सम्भव भएन । यस वर्ष पुनः भौतिक उपस्थितिमै गौरव यात्रा मनाइएको हो ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको विभिन्न पहिचानयुक्त समूहले गौरव यात्रा विशेष रूपमा मनाउने गरेका छन् । विभिन्न पहिचानयुक्त समूहहरूलाई समाजमा अवहेलना हुन थालेपछि त्यसविरुद्ध गौरवका साथ गौरव यात्रा मनाउने गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *