‘साताका सात’ तस्बिर

जंगली दुनियाँको ‘आर्किटेक्ट’
गुड बनाउन व्यस्त तोप चरा । निकै सुन्दर गुड बनाउने  तोप चरालाई जंगली दुनियाँको आर्किटेक्ट समेत भनिन्छ ।

सम्पदा संरक्षण 
नेवार समुदायको सांस्कृतिक पर्व ‘सिथी नख:’मा ढुंगेधारा सफाइ गर्दै स्थानीय । यो पर्वको दिन पानीका स्रोत तथा मुहानहरू सफा गर्ने सांस्कृतिक चलन रहीआएको छ ।

मण्डलामा लिम्बु विवाह प्रचलनको झल्को 
लिम्बु समुदायमा प्रचलित भागी विवाहको परम्परालाई आधार मानेर बनाइएको नाटक ‘चोरको स्वर’मा अभिनय गर्दै कलाकारहरू । नाटक थापागाँउमा अवस्थिति मण्डला नाटक घरमा मञ्चन भइरहेको छ ।

प्रतिरोध 
सरकारले सवारीसाधनमा अनिवार्य भनी लागु गर्न खोजेको इम्बोस्ड नम्बर प्लेटको विरोधमा उत्रिएको एमाले समर्थित राष्ट्रिय युवा संघ ।

बिरामी वैद्यखाना 
कुनैबेला राम्रोसँग आयुर्वेदिक औषधीको उत्पादन गरिरहेको सिंहदरबार वैद्यखाना अहिले आफै बिरामी छ । मुस्किलले चलिरहेको वैद्यखाना कुनैपनि बेला बन्द हुने अवस्थामा छ ।

शान्तिको ध्वजा 
विश्व सम्पदा बौद्धनाथ क्षेत्रमा रहेको ध्वजा । बौद्वमार्गीहरुले यसमा मन्त्र लेखिएको विश्वास गर्ने गर्दछन् ।

वातावरण जोगाउन साइकल 
‘वातावरण जोगाउन साइकल’ भन्ने नारा सहित विश्व वातावरण दिवसको दिन सांग्रिला विकास बैंकले आयोजना गरेको साइकल र्‍याली । र्‍यालीमा करिब ३०० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *