पहिरो हटाइएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडौँ । नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ मा पर्ने टोपे खोलामा शुक्रबार राति ९ बजे पुनः पहिरो झर्दा अवरुद्ध भएको सडक बिहान सञ्चालनमा आएको हो ।

माथिबाट खसेको पहिरो प्रहरीको सक्रियतामा डोजर तथा स्काभेटरले पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

यो सडक राजधानी काठमाडौँलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । यसलाई राजधानीको लाइफलाइन अर्थात् जीवनरेखा नै भन्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *