नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोवाइल्स व्यवसायीलाई प्रशिक्षण

बुटवल । नाडाअटोमोवाइल्स एशोसिएशन अफ नेपालको सहकार्यमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशनले लुम्बिनी तथा नेपालञ्ंजक्षेत्रका अटोमोवाइल्स व्यवसायीहरुको लागि कर, भन्सार तथा भिसिटीएससम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा शुक्रबार आयोजना भएको उक्त प्रशिक्षण कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यसहित १२५ जनाको सहभागिता थियो ।

कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देश भर छरिएर रहेका सदस्यहरुको समस्या सँग जुध्न र उनीहरुको क्षमता अभिवृद्धि गर्न लागि परेको बताए ।

भैरहवा भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र ब्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विधिबारे प्रकाश पारे ।

त्यसै गरी भैरहवा आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजश्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिए ।

राजश्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भिसिटीएस व्यवसायीकै हकहितको लागि भएको बताताए । सबैलाई यसको विषयमा जानकारी रहनु पर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । कर छल्ने प्रवृति पूर्णरुमा हट्नु पर्ने विषयमा व्यवसायीलाई सचेत गराए ।

कार्यक्रममा लम्बिनी अटोमोवाइल्सका अध्यक्ष गणेश प्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरुको वृत्ति विकासम ठूलो भूमिका खेलेको बताताए ।

उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकको रुपमा चाटडर्ड एकाउन्टेन्ट साहिल अग्रवाल रहेका थिए ।

कार्यक्रममा नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपालका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषध्यक्ष मिलनबाबु मल्ल, सहकोषध्यक्ष पंकज अग्रवाल, सदस्यय मुना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *