गृहमन्त्रालयले भन्याे, मिटरब्याजमा पैसा दिने व्यक्तिबारे जानकारी दिनू

काठमाडाैँ । गृह मन्त्रालयले मिटर ब्याजमा पैसा दिने र ठूलाे मात्रामा ब्याज असुल्नेहरूकाे बारेमा जानकारी दिन भनेकाे छ ।

गृहले शुक्रवार एक विज्ञप्ति प्रकाशित गर्दै विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालहरूमा मिटर ब्याजसम्बन्धी समाचारहरूप्रति ध्यानाकर्षण भएको बताएकाे छ ।

मन्त्रालयले मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानूनविपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौनशोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिने गतिविधि भएकाे सूचना पाए जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन भनेकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *