भारतीय अभिनेत्री महिमा चौधरी क्यान्सरसँग लड्दै

काठमाडौँ । चर्चित भारतीय अभिनेत्री महिमा चौधरी यतिबेला क्यान्सरसँग लडिरहेकी छन् । उनमा अर्ली स्टेजको ब्रेस्ट क्यान्सर देखिएको हो ।

अभिनेता अनुपम खेरले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै अभिनेत्री चौधरीलाई क्यान्सर भएको जानकारी दिएका हुन् । अभिनेत्री चौधरीले भनेकी छन्, ‘मलाई कुनै लक्षण थिएनन् । मैले हरेक वर्ष स्वास्थ्य परीक्षण गराइरहेकी थिएँ । यसैबीच मैले आफ्नो स्वास्थ्य परिक्षण गर्नुपर्ने सल्लाह पाएँ र म एक्लै डाक्टरकोमा गएँ । त्यहाँ परिक्षण गर्दा मलाई ब्रेट क्यान्सर भएको पत्ता लाग्यो ।’

अनुपम खेरले सार्वजनिक गरेको भिडियोमा महिमासँग उनले प्रश्नोत्तर गरेका छन् । जवाफमा महिमाले आफ्नो अनुभव सार्वजनिक गरेकी छिन् । उनले भनेकी छन्, ‘मैले जब आफ्नो कपाल गुमाएँ, तब खै कसरी मलाई निकै कल आउन थाल्यो । यी फोनहरू वेब सिरिजमा काम गर्नका लागि पनि थियो ।’

क्यान्सर भएको थाहा भएपछि परिवारले भने आफूलाई साथ दिएको महिमाको भनाइ छ । उनले आफ्नो परिवारका सम्पूर्ण सदस्य बलियो भएको बताउँदै भनेकी छिन्, ‘म अस्पतालमा राति सधैँ रुन्थेँ । तब मेरो भेट एउटा बच्चासँग भयो । किमोथेरापीको क्रममा उनीसँग कुरा गर्ने कोसिस गरेको थिएँ । मैले तिम्रो औषधी यति छ, मेरो त यति धेरै छ भनेको थिएँ । उनले जवाफमा, ‘यसैले त ठिक हुन्छ’ भने । त्यसपछि मलाई शक्ति आयो ।’

सुभाष घईको फिल्म परदेशबाट बलिउडमा आफ्नो करिअर शुरू गरेकी महिमा चौधरी पहिलो फिल्मबाटै लोकप्रिय अभिनेत्रीमा दरिइन् । पहिलो फिल्ममा गरेको अभिनयकै लागि उनलाई फिल्म फेयर अवार्ड पनि प्राप्त भएको थियो । ‘परदेश’पछि उनले ‘दिल क्या करे’, ‘दाग’, ‘धड्कन’, ‘कुरुक्षेत्र’, ‘दिल है तुम्हारा’, ‘लज्जा’, ‘तेरे नाम’जस्ता चर्चित फिल्ममा काम गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *