मीनबहादुर विश्वकर्माकाे माग- जगद्‌गुरुका प्राचार्य तेजप्रसाद भट्टराईलाई तुरुन्तै पक्राउ गरियाेस्

काठमाडाैँ । नेपाली कांग्रेसक सांसद मीनबहादुर विश्वकर्माले ललितपुरकाे जगद्‌गुरु आदर्श संस्कृत गुरुकुल विद्यालयका प्राचार्य तेजप्रसाद भट्टराईलाई कारबाहीकाे माग गरेका छन् । यसअघि प्राचार्य भट्टराईले दलित भएकै कारण बर्दियाका ४ बालबालिकाहरूकाे भर्ना लिएकाे थिएन । याे विषय बिहीबारबाट संसद्‌मा पुगेकाे छ । हिजाेकाे संसद्‌मा पार्वतीकुमार विशुन्के, विमला विकलगायतले यसबारे बाेलेका थिए । यस्तै आजकाे संसद्‌मा सांसद मीनबहादुरले उठाए । उनले प्राचार्य भट्टराईलाई कारबाहीकाे माग गरेका छन् । ‘उहाँलाई तत्काल पक्राउ गरेर कानूनबमाेजिम कारबाही गरियाेस्,’ उनले भनेका छन् ।

उनले ४ बालबालिकाहरूकाे भर्ना नलिनुले चरम् जातीय विभेदसँगै उनीहरूकाे पढ्ने पाउने अधिकार हनन् भएकाे बताएका छन् ।

♦ याे पनि:
   ‘दलित भएकै कारण’ गुरुकुलले भर्ना नलिएकाे विषय संसद्‌ पुग्‍याे, कारबाहीकाे माग (भिडिओसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =