दार्चुला महिला हत्या प्रकरण : मुख्य आरोपित पनि समातिए

धनगढी । दार्चुलामा एकल महिलाको हत्या गरेको आरोपमा प्रहरीले मुख्य आरोपितलाई पनि समातेको छ । मुख्य आरोपित शैल्यशिखर नगरपालिका-१ कै ४२ वर्षीय भोजराज खडायतलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

यससँगै प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । अर्का दुई आरोपितलाई भने प्रहरीले भाग्दै गर्दा बुधबार नै पक्राउ गरेको थियो ।

बुधबार बिहान शैल्यशिखर नगरपालिका-१ स्थित ४५ वर्षीया एकल महिला अमिमा खडायतको शव खरले जलाइएको अवस्थामा फेला परेको थियो । उनको शव फेला परेपछि घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

याे पनि : दार्चुलामा आगो लगाएर एकल महिलाकाे हत्या

प्रहरीले तीन जनालाई पक्राउ गरेको भएपनि सबैको पहिचान खुलाइसकेको छैन । उनीहरूलाई पक्राउ गरेपछि सोधपुछको काम भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

मृतक खडायतका श्रीमान् ७/८ वर्षअघि नै बितेका थिए । बुधबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *