दार्चुलामा आगो लगाएर एकल महिलाकाे हत्या

धनगढी । दार्चुलाकाे शैल्यशिखर नगरपालिका १ बारिलमा आगो लगाएर एकल महिलाकाे हत्या भएकाे छ ।

घर नजिकैको खरको लुटोमा आगो लगाएर ४० वर्षीया अनिभा खडायतको हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टका अनुसार घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।

खडायतकाे शव डढेको अवस्थामा मंगलबार राति फेला परेपछि आफूहरुले प्रहरीलाई खबर गरेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले बताए ।

घटनापछि प्रहरीले २ जनालाई पक्राउ गरेकाे छ । मृतकका दुई छोरी र एक छोरा छन् । उनका श्रीमानकाे केही वर्ष पहिले नै निधन भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *