मूल्य बढाएपनि निगमलाई १५ दिनमा ३ अर्ब ८९ करोड घाटा

काठमाडौँ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु ८ र डिजेल/मट्टितेलमा प्रतिलिटर रु १२ वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर रु १७८ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १६५ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । बुधबार सम्म निगमले आइओसीलाई रु २० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निगमले प्रत्येक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।

याे पनि : फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलमा ८ र डिजेल, मट्टीतेलमा १२-१२ रुपैयाँको बढोत्तरी

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै गएकाले मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगमले गत सातामात्र पेट्रोल, डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० घटाएको थियो । मूल्य समायोजनपछि पनि पाक्षिकरुपमा रु तीन अर्ब ८९ करोड घाटा रहँदै आएको निगमको भनाइ छ ।

प्रतिक्रिया

One thought on “मूल्य बढाएपनि निगमलाई १५ दिनमा ३ अर्ब ८९ करोड घाटा

  1. sab chorharu 6an, ajhai sudhriyena vanne ab audai 6 janata ko palo, sab party-silet falin6, ani thaha hun6……

Leave a Reply

Your email address will not be published. Required fields are marked *