सिद्धार्थ बैंकको ‘सिद्धार्थ गोल्ड लोन’ कर्जा योजना सञ्चालनमा

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ रूपमा सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ ।

यसअन्तर्गत ग्राहकहरूले आफ्नो सुन तथा सुनका गरगहनाहरू धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरूले अधिकतम रु. ५० लाखसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । धितो सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म बैंकद्वारा कर्जा प्रवाह गरिनेछ । यस सुविधामार्फत ग्राहकहरूले आफ्नो व्यक्तिगत तथा व्यावसायिक आवश्यकता सहज रूपमा पूरा गर्न सक्नेछन् भन्ने विश्वास बैंकले लिएको छ ।

ग्राहकहरूलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो सुविधा हालका लागि सिद्धार्थ बैंकको काठमाडौंस्थित न्यूरोड गेट शाखाबाट उपलब्ध छ ।

यस सुविधाबारे थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा निम्न माध्यममार्फत सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eight =