पोखराको हेमजामा ६ लाख राशीको फुटबल प्रतियोगिता हुने

पोखरा । पोखराको हेमजामा ६ लाख राशी पुरस्कार भएको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

हेमजा युनाइटेडको आयोजनामा छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता असार ४ गतेदेखि ११ गतेसम्म गौरीशंकर खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

उद्घाटन खेलमा आयोजक हेमजा र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ए डिभिजनसहित ८ टिमको सहभागीता रहने अध्यक्ष इन्द्रबहादुर कुवँरले जानकारी दिए । प्रतियोगिताका विजेताले नगद ६ लाख नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन् भने उपविजेताले ३ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धामा सर्वोत्कृष्ट हुने खेलाडीले ट्रफीसहित ५० हजार पाउनेछ भने उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर, डिफेण्डर र उदीयमान खेलाडीले ट्रफीसहित नगद २० हजार पाउनेछन् । सर्वाधिक गोलकर्तालाई २५ हजार पुरस्कार दिइने अध्यक्ष कुवँरले बताए ।

प्रतियोगितामा दर्शकलाई प्रवेश शुल्कसमेत तोकिएको छ । पहिलो चरणको ४ वटा क्वाटरफाइनलका लागि प्रवेश शुल्क १ सय निर्धारण गरिएको छ भने सेमीफाइनलका खेलमा २ सय तथा फाइनल खेलमा ३ सय रुपैयाँ टिकटदर कायम गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *