पाकिस्तानको पञ्जाबमा छुट्टाछुट्टै स्थानमा गोली हानी ९ जनाको हत्या

काठमाडौँ । पाकिस्तानको पञ्जाब प्रान्तमा छुट्टाछुट्टै स्थानमा भएका गोली प्रहारमा परी कम्तिमा ९ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घन्टाभित्र भएका ती घटनाहरूमा नौ जनाको हत्या भएको जनाइएको छ । त्यहाँको प्रहरीले बुधबार एक अज्ञात समूहले विभिन्न स्थानमा अन्धाधुन्ध गोली चलाउँदा विभिन्न घटनाहरू घटेको बताएको छ । पञ्जाबको शिखुपुरामा मात्रै गोली हानी चारजनाको हत्या गरिएको प्रहरीले जनाएको छ । शिखुपुरामा सवारी साधनमै गोली चलाई ४ जनाको हत्या गरिएको हो ।

पञ्जाबकै भवलपुरमा पनि भ्यानभित्र यात्रारत यात्रुमाथि गोली चलाउँदा पाँचजनाको मृत्यु भएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार सडकमा गुडिरहेको भ्यानमा एक अज्ञात व्यक्तिले गोली हानेर भागेको हो ।

घटनामा संलग्न समूहको खोजी भइरहेको पञ्जाब प्रहरीले जनाएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *