भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुँदै ‘प्रेमगीत ३’

काठमाडौँ । बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने भएको छ ।

नेपालमा ‘प्रेमगीत ३’ नामबाट प्रदर्शनमा आउने भएपनि भारतमा फिल्म ‘विश्वजितम’ नामबाट प्रदर्शनमा जानेछ । फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले भारतीय निर्माता संघमा फिल्मलाई नयाँ नामबाट दर्ता गराइएको बताएका छन् । सेन र छेतन गुरुङको निर्देशन रहेको यो फिल्म सफल फिल्म श्रृङ्खला ‘प्रेमगीत’कै निरन्तरता हो।

आशुसेन फिल्म्सको ब्यानरमा बनेको यस नेपाली फिल्मलाई भारतमा अजय कपुर प्रोडक्सन र युएफओले वितरण गर्दैछन्। फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठलगायतका कलाकारहरूलाई मुख्य भूमिकामा देख्न पाइनेछ ।

सिनेमा दर्ताको प्रमाणपत्रः
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *