वेल्स ६४ वर्षपछि विश्वकपमा

काठमाडौँ । वेल्स कतार विश्वकपमा छनौट भएको छ । गएराती सम्पन्न प्लेअफको फाइनल खेलमा युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्दै वेल्सले युरोपबाट विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

वेल्सको जितमा खेलको ३४औँ मिनेटमा ग्यारेथ वेलले हानेको फ्रिकिक युक्रेनका एन्ड्री यार्मोलेन्कोको टाउकोमा लागेर गोल पोष्टमा छिरेको थियो ।

रुसले युक्रेनमाथि जारी राखेको आक्रमणका बीच सहानुभूति पाएको युक्रेनलाई हराउदै वेल्स भने १९५८ पछि पहिलो पटक विश्वकपमा पुगेको छ । १९५८ को विश्वकपमा क्वाटरफाइनलमा पुगेको वेल्सलाई ब्राजिलका १७ बर्षिय पेलेले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै वेल्सलाई हराएका थिए र सो विश्वकप पनि ब्राजिलले जितेको थियो ।

योसहित अब युरोपबाट १३ टिम कतार विश्वकपका लागि छनौट भएका छन् । जसमा वेल्ससहित जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीट्जरल्याण्ड, नेदरल्यान्ड्स, पोर्चुगल र पोल्याण्ड रहेका छन् । वेल्स अब विश्वकपको समुह बि मा रहने छ । जसमा इङल्याण्ड, इरान र अमेरिका रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *