असोजको पहिलो साता पोखरामा अन्तराष्ट्रिय तेकवान्दो प्रतियोगिता हुने
२०७९ जेठ २२ गते

पोखरा । पोखरामा असोज पहिलो साता अन्तराष्ट्रिय स्तरको तेकवान्दो प्रतियोगिता हुने भएको छ ।
नेपाल तेकवान्दो संघको आयोजनामा असोज ५ देखि ९ गतेसम्म तेश्रो माउण्ट एभरेष्ट खुला तेकवान्दो प्रतियोगिता हुन लागेको हो । पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ ।
यसअघि, काठमाडौँ हुँदै आएको प्रतियोगिता गत वर्ष पोखरामा गर्ने तयारी थियो । तर, कोभिडका कारण स्थगीत भएपनि अहिले आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न ५० देशका करिब २ हजार खेलाडी, रेफ्री र अफिसयल तथा उनीहरूका परिवार सहभागी हुने बताइएको छ ।
प्रतियोगिताले पोखराको पर्यटन र खेल क्षेत्रको उन्नयनमा सहयोग पुग्ने विश्वास लिइएको छ । प्रतियोगिता सम्पन्न गर्न २ करोड लाग्ने आयोजक समितिका सदस्य सचिव जगनबहादुर गुरुङले जानकारी दिए ।
२०७९ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित









