चीन : झन्डै ३ अर्ब युआन घुस खाएका पूर्वमन्त्री ताेङलाई मृत्युदण्डको सजाय

एजेन्सी । चीनले कम्युनिष्ट पार्टीका पूर्वनगरप्रमुख र धितोपत्र नियामकलाई घुसखोरी र इनसाईडर ट्रेडिङको आरोपमा दुई वर्षको सजाय छुटसहित मृत्युदण्डको सजाय सुनाएको छ । सरकारी प्रसारण संस्था सिसिटीभीकाअनुसार तोङ दाओचीले चीनको धितोपत्र नियामक आयोग र नगरप्रमुखका पदमा बहाल रहँदा २ अर्ब ७० करोड युआन ४ करोड डलरभन्दा बढी घुस लिएको पाएपछि यो सजाय भएको हाे ।

दाओचीले नियामक आयोगमा हुँदा विभिन्न व्यक्ति र कम्पनीलाई स्टक सूचीकरण हुन, वित्तपोषण र अरु विषयमा सहयोग गरेबापत् घुस लिउको समाचारमा उल्लेख छ । तोङ चीनको धितोपत्र नियामक आयोगको एक विभागको उपनिर्देशक हुँदा इनसाइडर ट्रेडिङमा संलग्न भएको सीसीटीभीले बताएको छ । त्यस क्रममा उनले ३३.८ लाख युआनभन्दा बढीको अवैध नाफा कमाएको समाचारमा उल्लेख छ । ब्लुमवर्ग

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =