हंगेरीसँग इंग्ल्यान्ड स्तब्ध

काठमाडौँ । हंगेरीलाई १-० को नतिजा सुम्पिदै यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इंग्ल्यान्डले हार व्यहोरेको छ ।

शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ए को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ । हंगेरीले इङल्याण्डलाई १९६२ पछि पहिलो पटक पराजित गरेको छ ।

हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले पेनाल्टीमा निर्णायक गोल गरे । जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित इग्ल्यान्ड पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *