रुपन्देही बस दुर्घटना : मृतक ९ मध्ये ४ जना सनाखत

काठमाडौँ । रुपन्देहीमा बिहानमा भएको बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ४ जना सनाखत भएको छ । भैरहवा-परासी हुलाकी सडक अन्तर्गत रोहिणी पुलमा भएको दुर्घटनामा मृत्यु हुने ९ जनामध्ये चार जनाको सनाखत भएको हो ।

मृत्यु हुनेहरूमा तिलोत्तमा नगरपालिका-२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चपुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उप-महानगर वडा नम्बर-११ घर भएका कृष्ण प्रसाद बस्याल र रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन् । ५ मृतकको सनाखत भइसकेकाे छैन ।

याे पनि : रात्रिबस पुलबाट खस्दा ९ जनाको मृत्यु, २४ घाइते

उपचाररत रहेका २४ जना यात्रुमध्ये १६ जनाको अवस्था गम्भीर छ । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिबस बिहान साढे ४ बजे पुलबाट खस्दा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *