‘साताका सात’ तस्बिर

पुनर्निर्माण अन्तिम चरणमा
काठमाडौँको त्रिपुरेश्वर महादेव मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । राजा रणबहादुर शाहको पालामा बनेको यो मन्दिरलाई २०७२ सालको भूकम्पले जीर्ण बनाएको थियो ।

जलमग्न सभागृह
काठमाडौँ महानगरपालिकाको अधीनमा रहेको राष्ट्रिय सभागृह प्राङ्गण, पानी पर्ने बित्तिकै जलमग्न हुने गर्दछ । गएको स्थानीय निर्वाचनमा कामपाको मतगणनालाई मध्यनजर गरी बनाइएको “प्रेस सेन्टर” पानी परेर जलमग्न भएको थियो ।

खोल्दाखोल्दै छाता बिग्रिएपछि…
हलुका पानी परिरहेको बेला सैनिक मञ्च टुँडिखेलमा १५ औ गणतन्त्र दिवसमा सरिक हुन आएका प्रधानमन्त्री देउवालाई ओढाउन खोलेको छाता खोल्ने बित्तिकै बिग्रेको थियो । छाता बिग्रेपछि देउवा बिनाछाता मञ्चतर्फ गएका थिए ।

सुरक्षा
पेट्रोलियमको मूल्य बढेपछि विद्यार्थीको प्रदर्शन रोक्न आयल निगम टेकुको मुख्य द्वारमा सुरक्षा दिँदै नेपाल प्रहरी ।

बालेन शाह परिवारसँग
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह आफ्नी धर्मपत्नीसँग राष्ट्रिय सभागृहमा ।

सलामी
सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रममा राष्ट्रपतिलाई सलामी दिनेक्रममा एक सैनिक प्रहरी ।

घाँसको जोहो
गाईबस्तुलाई खुवाउन घाँसको भारी लिएर घर तर्फ जाँदै काठ क्षेत्रका महिलाहरू । काठ क्षेत्रमा अझैपनि गाईबस्तु पाल्ने चलनरहिआएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *