टेकु फोहोर संकलन केन्द्रमा स्थानीयको अवरोध (तस्बिरहरू)

काठमाडौँ । टेकुस्थित काठमाडौँ महानगरपालिकाको फोहोर जम्मा गर्ने स्थानमा आज बिहान ४ बजेदेखि स्थानीयले अवरोध गरेका छन् । अहिले सिसडोल ल्यान्डफिल साइट बन्द भएको कारण टेकु संकलन केन्द्रमा फोहोर अत्यधिक जम्मा भएर दुर्गन्ध फैलिएको भन्दै स्थानीयले संकलन केन्द्रमा धर्ना दिएका हुन् ।

उनीहरूको धर्नासँगै संकलन केन्द्र भित्र रहेका फोहोर उठाउने गाडीहरू बाहिर निस्कन पाएका छैनन् । स्थानीयको एक समूह आफ्नो समस्या लिएर हिजो कामपाका मेयर बालेन्द्र साहलाई भेट्न पुगेका थिए । भेटमा मेयर शाहले शिसडोल छिट्टै खोल्न महानगर लागिरहेको आश्वासन दिएको स्थानीय बताउँछन् ।

तर टेकु संकलन केन्द्रमा रहेको फोहोर नउठाए सम्म उनीहरूले त्यहाँ थप फोहोर ल्याउन नदिने बताए । सिसडोल ल्यान्डफिल साइटबारे थप बुझ्न र त्यहाँका स्थानीयसँग वार्ता गर्न हिजोनै मेयर साह, उपमेयर सुनिता डंगोल सहित महामगरको एक टोली सिसडोल पुगेको थियो ।

केहि दिनदेखि फोहोर नउठ्दा महानगरका चोक र गल्लीहरुमा अहिले फोहोरको डुंगुर लागेका छन् । त्यसैमाथि अहिले टेकु संकलन केन्द्र वरपरका स्थानीयले त्यहाँ फोहोर राख्न अवरोध गरेपछि फोहोरको समस्या झन् चर्कने अवस्था आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =