बराबरीमा रोकिए स्पेन र पोर्चुगल

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा स्पेन र पोर्चुगल बराबरीमा राकिएका छन् । बिहीबार राति स्पेनको सेभिलमा भएको खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेलेका हुन् ।

खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ८२ औं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई १-१ गोलको बराबरीमा ल्याए । विश्वकप फुटबलको तयारीमा रहेका दुई दावेदार टोलीहरु १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

यस्तै बिहीबार राति भएका अर्को खेलमा ब्राजिलले दक्षिण कोरियालाई ५-१ ले हराएको छ । खेलमा ब्राजिलको लागि नेयमारले दुई गोल गर्दा रिचार्लीसन, फिलिप कौटिन्हो र ग्याब्रियल जिससले एक एक गोल थपे । दक्षिण कोरियाका उइ-जो ह्वाङले एक गोल गरे ।

खेलको सातौं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, ३१ औं मिनेटमा दक्षिण कोरियाका ह्वाङ हि चेनले गोल गर्दै खेल बराबरीमा ल्याए । ४२ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-१ ले अघि बढाए ।

५७ औं मिनेटमा नेयमारले पेनाल्टीमै गोल गर्दै ब्राजिललाई ३-१ को अग्रता दिलाए । ८० औं मिनेटमा फिलिप कौटिन्होले गोल गर्दे ब्राजिललाई ४-१ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा जिसस ग्याब्रियलले गोल गर्दै ब्राजिललाई ५-१ को फराकिलो जित दिलाए । यसैगरी, चेक गणतन्त्रले स्विट्जरल्याण्डलाई २-१ ले हराउँदा स्विडेनले स्लोभेनियामाथि २-० को जित निकाल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *