एक सय ९७ तोला चाँदीसहित २४ वर्षीय युवक पक्राउ

काठमाडौँ । चितवनमा एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैँडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय कुमार विक छन् । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका–११ स्थित भोजाड–पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो । उनलाई रु. दुई लाख २८ हजार १९७ बराबरको बिनाबिलको चाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको हो ।

विकको साथबाट प्रदेश ०३–००२ प ७०६६ नं को पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए । पक्राउ परेका उनलाई बुधबार आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *