स्कटल्यान्डलाई हराउँदै युक्रेन विश्वकप छनोट नजिक

काठमाडाैँ । युरोपको विश्वकप छनौट अन्तर्गत युक्रेनले स्कटल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युक्रेनले स्कटल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्लेअफको फाइनलमा पुगेको छ ।

युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टेम डोभबीकले एक एक गोल गरेका थिए । स्कटल्याण्डका लागि कलुम म्याकग्रेगोरले एक गोल गरेका थिए ।

युरोपको विश्वकप छनौटमा छनौट हुन बाँकी एक स्थानका लागि अब वेल्स र युक्रेन खेल्ने छन् । दुवैवीचको खेल जुन ५ मा हुने छ ।

युरोपबाट यस अघि १२ देश जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीट्जरल्याण्ड, नेदरल्यान्ड्स, पोर्चुगल र पोल्याण्ड छनौट भैसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *